नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्यो । सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्यो । लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिकसहित बलिङमा महत्वपूर्ण भूमिका खेले । यो जितसँगै लुम्बिनीले पहिलो पटक एनपिएल उपाधि उचाल्दा सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा पराजित भयो ।